• In Search of Education

    Image
    shadow
  • In Search of Education

    Image
    shadow
  • In Search of Education Promo Video

    Video
    shadow

Press Reviews

Highslide JS Highslide JS Highslide JS Highslide JS Highslide JS Highslide JS

Headlines "in search of education" a documentary film

This film is a reminder of the hopes that all of us put on education and a stark glimpse into the difficult realities in Nepal.

- The Kathmandu Post Daily


शहरी शिक्षामा हुर्केका बालबालिका र कर्णालीका विधार्थीहरुको भावना जोड्दै दुई युवाले शहरमुखी शिक्षाको विरोध जनाएका छन् ।

– नेपाल समाचारपत्र दैनिक


भोको पेटमा कर्णालीको शिक्षा , मुलुकको शिक्षा प्रणालीमा देखिएको भिन्नता चित्रण

– नागरिक दैनिक


ज्यानै जोखिममा राखेर यार्सागुम्बा टिप्न गएका तथा छोटो दुरिमा विधालय नहँुदा घन्टौँ हिडेर पढ्न गएका विषयलाई समेटेको वृतचित्रले कर्णालीको वास्तविकता पस्किएको छ । यसलाई शहरी क्षेत्रका विधार्थी माझ पनि प्रर्दशन गरिनु पर्दछ ।

– सुप्रभात घिमिरे, अध्यक्ष ( अभिभावक संघ नेपाल )


पढ्ने इच्छा राखेर कमाउन हिडेका ती बालवालिकाहरुले ज्यान गुमाउदा को दृश्यले दर्शकहरुलाई निकै भावुक बनाउँदछ ।

– गोरखापत्र दैनिक


आफुले आम्दानी गरेको कुल रकमको ५% दुर्गम क्षेत्रका बालबालिका को शिक्षामा खर्च गर्नेछु ।

यमकुमार गुरुङ्ग "त्रिलोक", अध्यक्ष ( एन.आर.एन. हङ्कङ् )


मर्मस्पर्सी दृश्य कैद गरेर बनाइएको “शिक्षाको खोज” शिर्षकको डकुमेन्ट्री हेर्दा धेरैको आँखा रसाउँछ ।

– नेपाल समाचारपत्र दैनिक


अर्थउपार्जनका लागि कर्णालीका विधार्थीहरुले यार्सागुम्बा संकलन गर्न जाँदा हिउँ पहिरोमा परेर ज्यान गुमाएको कहालिलाग्दो दुश्यले जोकोहि लाई पनि भावुक बनाउँदछ ।

– कान्तिपुर साप्ताहिक


वृतचित्रले दुर्गम क्षेत्रको वास्तविकता झल्काउन सफल भएको छ ।

– विद्यानाथ कोइराला, शिक्षाविद्


समस्या कर्णालीमा मात्र नभएको र अन्यक्षेत्रका समस्यालाई पनि ले खोतल्नु पर्दछ । कर्णालीमा देखिएको समस्याले अन्यक्षेत्रका समस्यालाई पनि EAST CHANNEL प्रतिनिधित्व गर्छ ।

– केदारभत माथेमा, शिक्षाविद्


नेपालको शिक्षा देखि नेतृत्व चयन प्रकिृयालाई समेत सन्देश दिनुका साथै कर्णालीको शिक्षाको यो अवस्थाले तत्कालिन समयलाई प्रहार गरेको छ ।

– प्रकाश सायमी , वरिष्ट सञ्चारकर्मी तथा चलचित्र निर्देशक


शिक्षाको इतिहास खोतल्दै प्रारम्भ भएको यो वृतचित्रले आधुनिक नेपालको शैक्षिक अवस्थाको विभिन्न पाटोलाई केलाउँदै विशेष गरि कर्णाली क्षेत्रका जनताको आर्थीक, सामाजिक र भौगोलिक अवस्थाले शिक्षामा पारेको प्रभाव, त्यस क्षेत्रमा राज्यको उपस्थिती, त्यँहाका बालबालिकाको अभिरुचि सँगै बाध्यता समेत छर्लङ्गयाउने कोशिस गरेको छ ।

- EDUCATIONAL PAGES FORTNIGHTLY